उर्लाबारी / उर्लाबारीमा करिब तीन बर्ष अघि ग्ल्यामर्स नेपाल, झापाका संस्थापक अधयक्ष असिम ज्वयल श्रेष्ठले आयोजना गरेको लिटिल प्रिन्स एण्ड प्रिन्सेस (मेघा ट्यालेन्ट) शोका विजेताले अझैसम्म पुरस्कार नपाएको रहस्य खुलेको छ ।विजेताहरुलाई ल्यापटपसहितको पुरस्कार दिने आयोजकले जनाएपनि अझैसम्म नपाएको विजेताहरुले गुनासो गरेका छन् ।
सो प्रतियोगितामा ५ वर्षदेखी १२ बर्षसम्मको उमेर जुनियरतर्फ निकुल श्रेष्ठ प्रिन्स र सुमन ताम्राकार प्रिन्सेस घोषित भएका थिए भने १२ बर्षमाथिको उमेर समूहको सिनियरतर्फ आस्था शाक्य प्रिन्सेस र सुनिल गुरुङ प्रिन्स घोषित भएका थिए । तर, उनीहरुलाई एउटा क्राउन, शिल्ड र प्रमाण पत्र मात्र दिएर अन्य पुरस्कार नै गुमनाम बनाइएको थियो । १२ बर्षमाथिको उमेर समूहको सिनियरतर्फ प्रिन्सेस बनेकी आस्था शाक्यले ल्यापटप पुरस्कार हल्ला चलेको त्यतिवेला सुनेको बताईन् । यद्यपि,आयोजकले नदिएपनि गुनासो नरहेको उल्लेख गरिन् । त्यतिबेला नै प्रिन्स बनेका सुनिल गुरुङले ल्यापटप पुरस्कार दिने बताएपनि हालसम्म नपाएको दुखेसो पोखेका छन् । यस्तै सिनियतर्फ खूष्बू लिङदेन फस्ट रनरअप, सोनम बस्नेत सेकेन्ड रनरअप र सोनी प्रधान थर्ड रनरअप भएका थिए । त्यस्तै जुनियरतर्फ रबिन सोडारी फष्ट रनरअप, प्रतिक बराइली सेकन्ड रनरअप र स्पन्धन भट्टराई थर्ड रनरअप भए,तर उनीहरुले केही पाएनन्, पाए त विभिन्न आश्वासनमात्र ।
विगतको गल्ती टालिसकेको भन्दै फेरि आसिम उर्लाबारी आएका छन्, बालबालिकामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने नारा भजाउँदै लिटिल प्रिन्स एण्ड प्रिन्सेस गर्न । प्रतियोगितामा पूर्वी नेपालका ५ बर्षभन्दा माथि र १५ वर्षसम्मका अवोध बालबालिकाहरुको सहभागिता गराएर उक्त संस्थाले अभिभावकहरुसँग रकम लुटिरहेका भएपनि नीजि बिद्यालयहरुले किन आफ्ना बिद्यार्थीहरुलाई त्यस्ता प्रतियोगितामा जान सूचना प्रवाह गरिरहेका छन् भन्ने गम्भिर प्रश्न खडा भएको छ । नीजि बिद्यालय केन्द्र उक्त प्रतियोगिताको अडिसनमा प्रति बिद्यार्थी फर्म शुल्क भन्दै ३ सय रुपैयाँ असुलिसकेको छ । प्रशिक्षणका लागि भन्दै ७ हजारभन्दा माथी रकम लिने गरिएको छ । क्राउन, प्रमाण पत्र र शिल्ड कै लागि ७ हजार तिर्न पर्ने हो त ? के पाउँछन् विजेताले । सेलिबे्रटी घोषणा र विभिन्न चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापनमा खेल्ने अवसर प्रदान गराइने भन्दै आश्वासनको पोको बाँड्ने गरिएको छ ।
उक्त संस्थाका संस्थापक अध्यक्ष आसिमले एक पत्रिकामा विज्ञप्ति छापेर आफ्नो बचाउन गर्न खोजिरहेका छन् । उनी आफ्नो संस्थाले गरेको ‘कर्तुत’ लुकाउन विभिन्न हर्कत गरिरहेका छन् । ‘एउटा गरिव परिवारको प्रतिभावान छोराछोरी त कार्यक्रममा सहभागी हुनै नसक्ने रैछ, उर्लाबारीका किशोर श्रेष्ठ भन्छन्,‘ त्यही भएर महंगा बोर्डिङ स्कुल गएर आसिम विभिन्न बहाना पैसा संकलन गर्दै आफ्नो जिविको पार्जन गरिरहेका छन् ।’ त्यसो त उर्लाबारी निवासी दिलु लामाले त तपाईंको छोरीको प्रतिभा राम्रो छ, सम्भावना राम्रो छ भन्दै असिमले घुमाउरो पारामा सहयोग गर्नु भनेको बताइसकेकी छिन् ।
‘मैले पैसा सुरुमा दिएपनि उपाधिको लागि दिईन’लामा भन्छिन्,‘ प्रतियोगितामा निष्पक्ष हुनु पर्छ, तर यस्तो पाईएन् । पैसाको बार्गेनिङ मात्र भयो ।’ अहिले उर्लाबारी फेरि उक्त प्रतियोगिता हुन लागेको भन्दै उनले दुखेसो पोखिन् ।
यो पनि पढ्नुस्
फेरि रकम उठाउँदै ‘ग्ल्यामर्स नेपाल’