धरान/चर्चित लिम्बु गीत ‘हाङ्नेइल्ले’ की गीतकार समेत रहेकी कलाकार गीता पालुङ्वा अपरिचित व्यक्तीबाट सामाजिक संजाल फेशवुकमार्फत साइवर अपराधको सिकार भएकी छिन् । uLtsf/ tyf snfsf/ uLtf kfn'ªjf . ‘लैजा चरी, प्रशंसा, जिन्दगीको यात्रा र एक लिम्बू सोलो अल्बम ‘हाङ्नेइल्ले’ बजारमा ल्याइसकेकी गीता हङकङमा बसे पनि लिम्बु भाषा र संस्कृति संरक्षण सम्बद्र्धनमा जुट्दै साम्याङ फुङ समुह बनाएर सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको बेला साइवर अपराधको सिकार भएकी हुन् । उनी हङकङमा दुइदशकदेखि परिवार सहित बस्दै आएकी छिन् । कला संगित र सामाजिक क्ष्ँेत्रमा सक्रिय कलाकार गीतालाई जुलाई १२ तारिखदेखि फेशबुकमार्फत अस्लिल फोटो र अस्लिल शव्दको आक्रमणमा परेकी छिन् । दर्जन गीतको म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी उनलाई सामाजिक संजालमा अपरिचित व्यक्तिे उनकै नामको फेक आइडी बनाएर यौनकर्मी भएको आरोप लगाएर वदनाम गर्ने प्रयास भएपछि उनी मानसिक तनावग्रस्त भएको बताइन् । उनले नचिनेको मान्छेले दुख दिन थालेपछि हङकङको साइवर क्राइम ल विभाग र नेपालको साइबर अपराध हेर्ने विभागमा उजुरी समेत दिएको तर अपराधी अझै पत्ता नलागेले झन चिन्तित भएको उनले बताइन् । फेक आइडी भएको फेसबुकमा उनी माथि अनेक लान्छना लगाएर क्षण क्ष्ँणमा स्टाटस अपडेट भएपछि उनका परिवार, श्रीमान, आफन्तजनले समेत शंका गर्न लागे पछि झन् प्रताडित हुनपुगेको बताइन् ।