dating बेलायत / बेलायतस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक संजिब राई (पारदर्शी) र गीतकार सुष्मा रुपाबुङ राईको सयुक्त रचना मायाप्रेममा आधरित ‘ड्युटि भन्दै डेटिङ्तिर’ बोलको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन् । गीतकार तथा मोडल संजिब र सुष्माको मायाप्रेममा सजिएको रचनालाई गायक राजेश पायल राई र गायिका मिलन अमात्यले मधुर स्वर दिएका छन् । उक्त शब्द रचनालाई संगीतकाsusmaर बसन्त सापकोटाले संगीत भरेका छन् । विदेशको व्यस्तताको बाबजुद आफनो प्रियतमलाई दिन नसकेको अमुल्य समय,मिठो माया, सद्धभाव र मायालुको दशीलाई वास्तविक धरातलमा रहेर यो नयाँ रचना ल्याएका गीतकार संजिबले जानकारी दिए । सुष्मा र संजिवको लिड रोलमा अभिनित यस भिडियोलाई कोरीयोग्राफर रेनेशा बान्तावा राईले निर्देशन गरेकी छिन् । गीतकार संजिबले यस अघि डाइमन्ड लाहुरे एल्वमबाट अत्यधिक चर्चा पाईसकेका छन । लाहुरेहरुको कथा,व्यथा,बाध्यता र बेदनाहरु हजारौ हुन्छन जस्लाई अरु लेखकहरुले लेखेका छैनन् । जुन पल्टनभित्रकै सर्जकहरुले मात्र जीवन्त रुपमा पोख्न सक्ने गीतकार संजिब ‘पारादर्शी’ले बताए । खोटाङ, नुनथलामा जन्मेका गीतकार संजिब बाल्यकालबाटै गीतसंगीतप्रति हुरुक्कै हुने भए पनि स्नातकको अध्ययन पश्चात बाटो मोडिएर बेलायती गोर्खा सैनिकमा २०६५ सालमा भर्ति भएका हुन् । सुष्मा रुपाबुङ ईलाम बजारमा जन्मिएर नेपाली साहित्यमा कलम चलाउदै त्रिभुवन विश्व विधालयबाट स्नातकोत्तर गरी हाल नेपालमै प्राध्यापन पेशामा आवद्ध छिन् ।