सुनको कारोबार बढ्दो, मूल्य घट्दो
काठमाडौँ/दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
दसैँको घटस्थापनाको दिन प्रतितोला ५८ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५६ हजार र तेजावी सुनको मूल्य ५५ हजार ७ सय ५० कायम रहेको छ ।
सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला दुई हजार ३ सयसम्म घटेकाे हाे ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभावले मूल्य घटेको सङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।
अध्यक्ष शाक्यका अनुसार विगतमा दसैँ, तिहार, विवाहकायाममा दैनिक ३० किलो सुनको कारोबार हुने भए पनि मूल्य उच्च भएका कारण कारोबारमा नकारात्मक प्रभाव परेपछि यस वर्ष करिब ४० किलो दैनिक व्यापार भइरहेको छ ।
त्यसैगरी असली चाँदीको मूल्य रु ८६० बाट घटेर रु ८१० कायम भई कारोबार भइरहेको सङ्घले जनाएको छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























