नहरमा डुबेर मृत्यु
उर्लाबारी (मोरङ)/विराटनगरस्थित नहरमा डुबेर विराटनगर–५ का ४८ वर्षीय महेन्द्र उराउको मृत्यु भएको छ ।
यही असोज २६ गते माछा मार्न भनेर जालसहित हिँडेका उनको शव आज दिउँसो स्थानीय नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
छोराको प्रहार पितालाई
मोरङको टाँडी–८ मा गए राति छोराको धारिलो हतियार प्रहारबाट ४५ वर्षीय लक्ष्मी शङ्कर गम्भीर घाइते भएका छन् ।
स्थानीयवासी १९ वर्षीय खगेन्द्र शङ्करले राति १० बजेतिर दुवैबीच सामान्य विवाद भएपछि बाबुको टाउकामा प्रहार गरेका थिए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अभियुक्त खगेन्द्रलाई अस्थायी प्रहरी चौकी टाँडीले पक्राउ गरेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























