डुङ्गा डुब्दा पाँचको मृत्यु, ३४ जनाको उद्धार
भद्रपुर/इलामको दानाबारी–९ महामाईमा शुक्रबार डुबेको डुङ्गामा सवार ३४ जनाको जीवित उद्धार गरिएको छ ।
महामाई नदी तर्ने क्रममा शुक्रबार अपराह्न २ बजे डुङ्गा डुबेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको तथा एक बालकको हुन सकेको छैन ।
सनाखत हुने मृतकमा ४८ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीया पवित्रा पौडेल, ५८ वर्षीय हर्कबहादुर राना मगर र ७५ वर्षीय जसबहादुर राई छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























