धुर्कोटका पैँतालिस घरमा बिजुली
कावासोती/सात वर्षको प्रयासपछि गाउँमा बिजुली बत्ती बलेकामा गाउँले खुसी भएका छन् ।
नवलपरासी धुर्कोट–६ फेदीका ४५ घरमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट रु २० लाख ६५ हजार, जिविस नवलपरासीबाट रु तीन लाख ५० हजार, धुर्कोट गाविसबाट रु एक लाख ५० हजार र स्थानीय जनश्रमदानबाट बिजुली बलेको स्थानीय अगुवा देवानबहादुर गुरुङले बताए ।
रामनगर गाविसको जर्गाहाबाट करिब पाँच किमी दूरीसम्म बिजुलीका खम्बा लगेर गाउँलेले बिजुली बालेका हुन् । प्राधिकरण वितरण केन्द्र परासीले १० वर्ष अगाडि बिजुलीका लागि कुनै काम गर्न नसक्ने जनाएपछि गाउँलेकै प्रयासमा बत्ती बलेको हो । बिजुली बत्ती पुगेपछि यहाँका १५ महिलाले घरेलु तान लगाएर पछ्यौरा, खादा, हाते रुमाललगायत सामग्री बनाएका छन् ।
बिजुलीको सांसद सिन्धुजलेसा बुढाथोकीले उद्घाटन गरेका थिए । नवलपरासीका १० गाविसमा अहिलेसम्म बिजुली बत्ती बल्न सकेको छैन । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























