Rambaran-Yadav-and-Bidhya-Bhandari-400x260धरान / गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको नाती पहिलो महिला राष्ट्रपति विद्यादेवि भण्डारीको कान्छी छोरी विच विवहा हुने भएको छ । बर्तमान राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति डा. यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको टिकाटालो  भएको छ । अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वा्चित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुशुमबीच विवाहको प्रसङ्ग २ वर्षदेखि नै चलेको थियो । अध्ययनलगायतका कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारी भएको थियो । टिकाटालो कार्यक्रम गोप्य राखिएको थियो । दुई राजनीतिक पृष्ठभूमिको परिवार बीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शितलनिवास पुगेको बताइएको छ । ‘पारिवारिक कार्यक्रम भएकाले कसैलाई खवर नगरिएको बताईएको छ । २९ वर्षीय अभिषेक बुढानिलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् । उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लण्डनबाट अर्थशास्त्रमा उच्च अध्ययन गरेका छन् । निशाकुसुमले भने नयाँ दिल्लीबाट एमबिबिएस गरेकी छन् । शितल निवास श्रोतका अनुसार टिकाटालो कार्यक्रम नेपाली सेनाको टुकडीले मंगलधुन बजाई सुरु गरिएको थियो । मंगलधुनपछि ५ जना पण्डितले स्वस्ती पाठ गरेका थिए । राष्ट्रपति भण्डारीले अभिषेक र निशाकुसुम दुवैलाई टिका र माला लगाई दिएकी थिईन ।