राजविराज/पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ कङ्कालिनी मन्दिरमा यस वर्ष अहिलेसम्मकै अधिक सङ्ख्यामा राँगाको बलि दिइएको छ । सप्तरीको भारदह–१ स्थित कङ्कालनी भगवती मन्दिरमा यस वर्ष पाँच सय ५३ वटा राँगाको बलि दिइएको कङ्कालिनी भगवती मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले जानकारी दिएका छन् ।

ranga

उनका अनुसार यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । वडादशैंको नवमीका दिन राँगा बलि प्रदान गरिने सो मन्दिरमा गत वर्ष ३ सय ९१ वटा राँगा बलि प्रदान गरिएको थियो ।यसैगरी ०७१ सालमा ४ सय ४६ वटा राँगाको बली प्रदान गरिएको थियो भने २०७० सालमा ३ सय ९१ र २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको अध्यक्ष मण्डलको भनाइ छ । सो मन्दिरमा यस वर्ष ६६ सय ६१ वटा खसी÷बोका र ६३ सय ३९ वटा अन्य पशुपंक्षीको समेत बलि प्रदान भएको छ ।

भगवती मन्दिरमा निःसन्तानहरु सन्तानका लागि भाकल गर्ने, जटिल रोगबाट स्वास्थ्यलाभका लागि कामना गर्ने, पेशा र रोजगारी सङ्कटमा परेकाहरुले सफलताका लागि भाकल गर्ने गरेका छन् । भाकल पूरा हुनासाथ उनीहरुले महानवमीका दिन राँगा, खसी÷बोका, परेवा, मिठाई तथा गरगहना समेत चढाउने गरेको कङ्कालिनी भगवती मन्दिरका पूजारी चन्द्रकान्त भारती बताउँछन् ।