मर्मत नसकिँदै भत्कियो राजमार्ग
फलेवास (पर्वत)/धौलागिरि अञ्चललाई जोड्ने पोखरा–बागलुङ राजमार्ग भत्केर कामै नलाग्ने भएको छ ।
चीनको सहयोगमा २०४८ सालमा निर्माण भएको उक्त राजमार्गअन्तर्गत कास्कीको काँडेदेखि पर्वतको मालढुङ्गासम्मको खण्डको अधिकांश ठाउँमा मर्मतसम्भार गरिए पनि एक वर्ष नपुग्दै भत्किएको छ । करिब ७२ किलोमिटर लामो सो सडक पार गर्न चार घन्टा बढी समय लाग्ने गरेको छ ।
सडकको भौगर्भिक अवस्था नाजुक भएका कारण भत्कने समस्या रहेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले बताए । “भूगोल नै कमजोर छ, सडक मर्मत गरेरमात्रै हुने अवस्था छैन, पूरै राजमार्ग पुनःस्थापना गर्नुपर्छ,” उनले भने ।
धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्का पानी परे नपरे पनि सडक सँधै भत्किने गरेको बताउछन् । पर्वत सदरमुकाम कुश्मा र म्याग्दी सदरमुकाम बेनी तथा मुस्ताङ जोड्ने राजमार्ग भएका कारण पछिल्ला दिनमा सो सडकखण्डमा सवारी साधनको चाप अत्यधिक बढेको बताइएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























