धरान/मोरङको पश्चिम उत्तरको गाविस याङसिलाको प्रचारात्मक अभियान स्वरुप याङशिला साँस्कृतिक समूहले सांगीतिक कन्सर्ट ‘रिमिक्स धमाका’ गर्ने भएको छ । [caption id="attachment_17283" align="alignnone" width="700"]yangsila सांगीतिक कार्यक्रमबारे जानकारी गराउँदै अायाेजक । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] आउँदो शनिबार मोरङको याङशिला–८ सावित्री माविमा सांगीतिक कन्सर्ट गर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । धमकामा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुको जमघट हुने समूहका अध्यक्ष प्रमेश राईले बताए । उनका अनुसार कन्सर्टमा हास्य कलाकार विल्सनबिक्रम राई ‘तक्मेबुढा’, गायक एवं संगीतकार विनोद खम्बू, गायिका मेलिना राई, गायक संगीतकार राकेश किराती, गायक राम रेप्चुङ राईले प्रस्तुति दिने छन् । साथै, स्थानीय कलाकारहरु, पूर्वाञ्चल डल्फिन स्टार र गरिमा डान्स सेन्टरको प्रस्तुति रहने कार्यक्रम निर्देशक दोर्पध्वज राईले बताए । यस अघि पनि २०७२ साल बैसाख १२ गतेका दिन राजेशपायल राईलगायतको राष्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम गरेका थिए । त्यस्तै यसैको दोस्रो संस्करणको रुपमा कमल खत्रीलगायतका कलाकारहरुको जमघट गराउँदै गएको बैसाख २५ गते सांगीतिक कार्यक्रम गरिएको थियो । तिहारलाई लक्षित गर्दै गर्न लागिएको धमकामा करिव ५ लाख ५० हजार रुपैया लागत लाग्ने अनुमान गरिएको छ । जसका लागि प्रवेश शुल्क २ सय ५० रुपैया तोकिएको छ ।