1024px-Soufresicile2धरान / ठूलो मात्रामा विष्फोटक पदार्थसहित इलाका प्रहरी कार्यालय धरानले मंगलबार राती एक जनालाई पक्राउ गरेको छ । संखुवासभा चेपुवा –६ घर भई धरान –१५ बस्ने ३८ बर्षीय  ङिमा अन्दी भोटेलाई प्रहरीले पक्राउ गरेको हो । धरान–६ स्थित दुर्गा रिजालको घरमा कोठा भाडा लिई अवैध विष्फोटक पदार्थ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो । उक्त कोठाबाट विष्फोटक पदार्थ गन्धक–६१ केजी,सोडा १ सय ८ केजी, नौसागर–४१ केजी, समुन्द्र मन्थन–१० केजी, निलोतुथो–६ केजी, रक्तचन्दन–३ केजी बरामद गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनको साथबाट नगद ६ हजार ९ सय ४० रुपैया र भारु २ हजार पनि बरामद गरेको छ ।  भारतबाट खरिद गरि ल्याउने र पूर्वी पहाडी जिल्लाहरुमा विक्रि वितरण गदै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएपी ढकालले बताए । पक्राउ परेका भोटे लामो समयदेखि अवैध कारोवारमा संलग्न भएको पाईएको प्रहरीले जनाएको छ । श्रोतका अनुसार भारतको जोगमनी, भण्टावारी र काकरभिटा नाकाबाट अन्य व्यक्तिहरुले धरानसम्म विष्फोटक पदार्थ ल्याउने गरेको बताइएको छ । धरानबाट भने भोटेले बेच्ने गरेको खुलेको छ । भोटेसँग अन्य व्यक्तिहरुको पनि साँढगाढ भएकोले अनुसन्धान थालिएको उनले बताए । ‘हामी अनुसन्धान गरिरहेको छौ । यति ठूलो मात्राको कारोवार उ एक्लैले गरेको छैन् ।’डिएपी ढकालले भने–‘ठूलै समुह हुन सक्छ । सङ्खुवासभाका डिएसपी गौतम केशीसँग समन्वय गरेर थप अनुसन्धान थालि सकेका छौं ।’ पक्राउ गरेका भोटेलाई बुधबार विष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान शुरु गरिएको छ ।