basai

तेह्रथुम/गाउँघरमा खानेपानीका मुहान सुकेपछि ओख्रे–५ र ६ वडा नम्बरका ३० भन्दा बढी घरपरिवार गाउँ छोडेर बसाइँ हिँडेका छन् । पानी अभावसँगै सुविधाको खोजीमा उनीहरु सबै तराईतर्पm बसाइँ गएका हुन् ।

आपूmले प्रयोग गर्ने धारा, कुवा, पोखरीलगायतका पानीका स्रोत सुकेपछि यति धेरै गाउँलेले परिवारसहित गाउँ छाडेको स्थानीय भारती प्राथमिक विद्यालयका शिक्षक पुष्प कार्कीले बताए । जिल्लाकै सुख्खाग्रस्त यी दुवै वडामा रहेका पानीका मुहान सुकेर खानेपानीको समेत हाहाकार भएको छ । धेरै गाउँले घरबार छोडेर बसाइँ सरेपछि गाउँ नै शून्य भएको स्थानीय बताउँछन् । ‘पानी नै खान नपाएपछि सबैले गाउँ छाडे’, स्थानीय नवज्योति महिला कृषक समूहकी अध्यक्ष झुम्कादेवी कार्कीले भनिन्, ‘भएका गाउँलेहरु पनि पानी खोज्दै तराईतर्पm नै जाने तरखरमा छन ।’ पाँच–छ वर्षयता सुक्न थालेका पानीका मुहान यो वर्ष सबैजसो सुकेका छन् ।

गाउँमा खानेपानी नै नभएपछि स्थानीय झमक कार्की, मञ्जु कार्की, डम्बरबहादुर बुढाथोकी, डेकेन्द्र कटुवाल, खगेन्द्र न्यौपाने, नरबहादुर कार्की, गणेश घोर्षाने, गणेश न्यौपाने, खलस्तबहादुर कार्की, हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, नगेन्द्र कार्की, पुण्य न्यौपानेलगायतका परिवार गाउँ छाडेर तराईतर्पm बसाइँ गएका छन् । १५ भन्दा बढी अन्य परिवार पनि गाउँ छाडेर बसाइँ जाने तयारीमा रहेको स्थानीय पत्रकार प्रकाश पाक्सावाले बताए ।

गाउँमा अन्यत्रबाट ल्याउने पानीको स्रोत पनि छैन । खोलानाला, चिस्यान र सिमसार क्षेत्रसमेत सुकेपछि गाउँको प्रत्येक परिवार घर छाड्दै बसाइँ जान थालेको छ । छ वर्ष अघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले यो सङ्ख्या घटेर आधाभन्दा तल झरेको गाविस सचिव सुरेन्द्र खड्काले बताए । केही वर्षयता गाउँलेहरु दिनहुँजसो बसाइँ सराइको कागज लेखाइ माग्दै गाविस कार्यालयमा आउने गरेको उनले बताए । वारिपारि गाउँलेका खेतबारीमा यति बेला साग, आलु, कोदो, गहुँलगायतका खेतीबाली लहलहाइरहेका छन् । तर यी गाउँमा भने पानीको अभावमा गाउँभरिका खेतीयोग्य जमीन बाँभैm छन् ।