फराह /अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ ।
फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।
‘घटनास्थलबाट अज्ञात संख्यामा लडाकूहरु भागेका थिए भने, घटनामा परी मृत्यु हुने १३ जना नै प्रहरी रहेका छन्,” उपक्षेत्रीय प्रहरी प्रमुख मोहम्मद घोस मल्यारले भन्नुभयो । क्षेत्रीय सुरक्षा कार्यालयले आक्रमणको घटनाका बारेमा अनुसन्धान गर्न थालिसकेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनास्थलपछि तीन चार जना प्रहरीहरु हराएको र उनीहरु तालिवानीको सम्पर्कमा रहेको हुन सक्ने बताइएको छ । प्रहरी प्रमुख मल्यारले घटनाका बारेमा अनुसन्धानपछि मात्रै विस्तृत विवरण बताउन सकिने जानकारी दिनुभयो । फराह र छिमेकी हेल्माण्ड प्रान्तमा विगत दुई महिनादेखि सुरक्षा चुनौती बढ्दै गईरहेको छ । तालिवानीको प्रवक्ता जुविल्लाह मुजाहिदले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् रासस ÷सिन्ह्वा आक्रमणमा परी तेह्र प्रहरीको मृत्यु
फराह /अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ ।
फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।
‘घटनास्थलबाट अज्ञात संख्यामा लडाकूहरु भागेका थिए भने, घटनामा परी मृत्यु हुने १३ जना नै प्रहरी रहेका छन्,” उपक्षेत्रीय प्रहरी प्रमुख मोहम्मद घोस मल्यारले भन्नुभयो । क्षेत्रीय सुरक्षा कार्यालयले आक्रमणको घटनाका बारेमा अनुसन्धान गर्न थालिसकेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनास्थलपछि तीन चार जना प्रहरीहरु हराएको र उनीहरु तालिवानीको सम्पर्कमा रहेको हुन सक्ने बताइएको छ । प्रहरी प्रमुख मल्यारले घटनाका बारेमा अनुसन्धानपछि मात्रै विस्तृत विवरण बताउन सकिने जानकारी दिनुभयो । फराह र छिमेकी हेल्माण्ड प्रान्तमा विगत दुई महिनादेखि सुरक्षा चुनौती बढ्दै गईरहेको छ । तालिवानीको प्रवक्ता जुविल्लाह मुजाहिदले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् रासस ÷सिन्ह्वा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























