क्यास्ट्रोको निधनप्रति दुःख
काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीले क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका महासचिव शरणविक्रम मल्लले आज जारी गरेको विज्ञप्तिमा स्वाधीनता, शान्ति, समानता र समुन्नतिका निमित्त उपनिवेशवाद विरोधी आन्दोलनका एक क्रान्तिकारी मित्रलाई गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
चार दशकभन्दा बढी समयसम्म क्युबामाथि नाकाबन्दी लगाउँदा पनि कहिल्यै नझुक्ने र कुनै प्रकारको मोलतोल नगर्ने स्वतन्त्रताका हिमायती नेता क्यास्ट्रोले आफ्नो देशलाई समाजवादको बाटामा अघि बढाउन भूमिका निर्वाह गरेको जनाइएकोे छ ।
क्युबाली श्रमजीवी जनताले क्यास्ट्रोले देखाएको बाटालाई अवलम्बन गरी शोषण, उत्पीडन र सबै प्रकारका बाह्य हस्तक्षेपविरुद्ध अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ । क्यास्ट्रोको ९० वर्षका उमेरमा शनिबार निधन भएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























