इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना भएको केही दिनपछि चालकको उद्धार
जकार्ता/इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई निजले चलाएको विमान बोर्नेओ द्वीपमा दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको एक अधिकारीले सोमबार बताए ।
उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ ।
बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो । मलेसियाको सीमासँगै दुर्गमस्थानको एक सैनिक केन्द्रमा आवश्यक सामग्री पु¥याउन तीन दिन अगाडि जाँदा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनास्थलसम्म पुग्न निकै कठिन भएकाले चालकलाई डोरीको माध्यमबाट उद्धार गरिएको सेनाका प्रवक्ता सब्रार फाधिलाहले बताए । उनले चालकलाई हाल उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।
फधिलाहले उडानको समयमा विमानमा रहेका अन्य चार व्यक्तिलाई उत्तरी कालिमान्तान प्रान्तको पहाडी क्षेत्रमा रहेको दुर्घटनास्थलमा फेला पार्न नसकिएको बताए । उनले खोजी कार्य कायमै रहेको उल्लेख गरे । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























