आगलागीपीडितलाई सहयोग
सल्यान/श्रीमान् गुमाएको १५ दिन नबित्दैे घरमा आगलागी भएकी महिलालाई सहयोग हस्तान्तरण गरिएको छ ।
वागचौर नगरपालिका–७ सानागाडाकोटकी अमृता शाहीलाई स्थानीय खरीबोट बजारवासीले खरिबोट बजार व्यवस्थापन समितिको अगुवाइमा राहतस्वरुप चामल, नुन तेल, लत्ताकपडा तथा भाँडाकुडा दिइएको हो ।
पीडित शाहीको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले समुदायमा मानवीय भावना जगाउन सहयोग गरिएको समितिका अध्यक्ष खुमराज बुढाथोकीले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























