आगलागीमा पाँचलाख बराबरको क्षति
इनरुवा/सुनसरीको हरिनगरा गाविसमा गएराति आगलागी हुँदा पाँच लाख रुपैया बराबरको क्षति भएको छ ।
हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
घटनाका विषयमा स्थानीयले प्रहरी र अग्नी नियन्त्रकलाई बोलाए पनि दुई घन्टा ढिलो आएको र आज बिहान ४ बजे मात्र आगलागी नियन्त्रणमा आएको स्थानीय सुरज साहले बताए । आगलागीलाई इनरुवा नगरपालिकाको बारुणयन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























