बसले किचेर वृद्धको मृत्यु
भीमदत्तनगर/बसले किचेर आज बिहानै कञ्चनपुरको भीमदत्तनगरमा एक वृद्धको मृत्यु भएको छ ।
घरबाट बसपार्कतर्फ आइरहेको ना ३ ख ७६९४ नम्बरको बसले चम्मन चोकमा किचेर बेदकोट नगरपालिका–८ गैलनदीका ६० वर्षीय राम नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका चालकको प्रहरीले खोजीकार्य थालेको छ । प्रहरीले घटनास्थल पुगेर दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























