सातकेजी सुनसहित काठमाडाैबाट एक समातिए
काठमाडौँ/गाडीको इन्जिनमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक व्यक्ति काठमाडौँको कलंकीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कुन्साङ लामा रहेका छन् । उनीबाट सात केजी सुन बरामद भएको प्रहरीले जनाएको छ ।
लामाले रसुवाबाट ५–६ जना यात्रुसहित चलाएर ल्याएको बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा सुन लुकाएर ल्याएका थिए ।
‘माइक्रोमा अन्य यात्रुहरु पैसा तिरेर चढेका रहेछन् । सूचनाको आधारमा खोजी गर्दा ड्राइभर बस्ने इन्जिनमा सुन फेला पर्यो,’ महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भने ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























