balदमक/चिसो बढेपछि झापाको पश्चिम–दक्षिणी भेगमा पर्ने ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत् विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न अभियान सञ्चालन गरिएको छ ।बैगुनधुरा स्रोत केन्द्रअन्तर्गत पर्ने महाभारा, बैगुनधुरा र पाँचगाछीका एक दर्जनभन्दा बढी विद्यालयमा पढ्ने करीब १ हजारभन्दा बढी विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको स्रोत व्यक्ति छविलाल बस्नेतले जनाए ।

सरकारी कोषको कुनै रकम खर्च नगरी स्थानीय र सम्बन्धित विद्यालयका भूपू विद्यार्थीहरूमार्पmत् आह्वान गरेर ती विद्यालयका विपन्न विद्यार्थीलाई जाडो छल्ने स्वीटर, टोपी, जुत्तालगायतका न्यानो कपडा, खाजा र कतिपय विद्यालयमा शैक्षिक सामग्रीसमेत प्रदान गरिएको हो ।

महाभाराको बालकल्याण माविका प्रधानाध्यापक भोलाप्रसाद खतिवडाले सो विद्यालयमा भूपू विद्यार्थी समूहमार्पmत् उपलब्ध भएका कपडा र विभिन्न सामग्रीले विपन्न विद्यार्थीको पठनपाठन निरन्तरतामा सहयोग पुगेको बताए । जाडोका कारण विद्यालय आउनै छोड्ने गरेका विपन्न बालबालिकाहरूले यस्ता अभियानबाट ठूलो राहत महसुस गरेका छन् ।