पथरी/गुरुङ समुदायले मनाउने गरेको तमू ल्होसार पर्व उनीहरूले यहाँ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाएका छन् । तमू ह्युल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्को पहलमा पथरीशनिश्चरे–१ स्थित तमू बौद्ध गुम्बामा उनीहरूले सो पर्व मनाएका हुन् ।
सो कार्यक्रममा आदिवासी जनजातिलगायत १३ जातीय संस्थालाई पनि आमन्त्रण गरिएको थियो । आ–आप्mना जातीय भेषभूषामा आएका उनीहरूले जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।पथरीशनिश्चरे नगरपालिका वरपर रहेका सम्पूर्ण गुरुङहरू त्यहाँ भेला भएका थिए ।
गणेशप्रसाद घलेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि परिषद्का केन्द्रीय सदस्य रुद्रबहादुर गुरुङ थिए । गुरुङ समुदायले गुम्बामा बिहीबार राति १२ बजे गौतम बुद्धको पूजा गरी पटाका पड्काएर नववर्ष २६०१ को स्वागत गरेको हेमभक्त गुरुङले बताए ।