सेल्फीले झापामा एककाे लियो ज्यान
सुरुङ्गा (झापा) / मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिंच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वालाई गम्भीर घाइते भई उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ । झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नंको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिंच्दाखिंच्दै बसले ठक्कर दिएको थियो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























