yogiपाँचकन्या/पूर्वका जोगीहरु आफ्नो पहिचानका लागि जुटेका छन् । जोगी÷योगी जातिको पहिचान संविधानमा नभएको र संशोधनमार्फत् पहिचान उल्लेख हुनुपर्ने माग राख्दै उनीहरु जुटेका हुन् । नेपाल जोगी÷योगी उत्थान तथा संरक्षण समाज नेपाल नामक संस्थामार्फत् मोरङका जोगी÷योगी जु्टेका हुन् ।

शनिबार पथरीशनिश्चरे नगरपालिकास्थित पथरीमा भएको बृहत भेलाले उनीहरु एकजुट भएका हुन् । भेलामा बोल्ने अधिकांश वक्ताले जोगी÷योगी जातिको पहिचानका लागि जस्तोसुकै कठिनाइ भोग्न तयार रहेको बताएका थिए । उनीहरुले संविधान संशोधनमार्फत अल्पसंख्यक तथा सीमान्तकृत जातिमा सूचीकृत गरिनुपर्ने माग राखे । ‘संविधानमा जोगी÷योगीको हक अधिकार र पहिचान समेटिएन, संशोधनमा उल्लेख हुनुपर्छ’, कार्यक्रमका प्रमुख अतिथि नविन योगीले भने । मोरङ जिल्लाका निवर्तमान अध्यक्ष दुर्गालाल जोगीले पूर्वदेखि पश्चिमसम्मका जोगी÷योगीहरु एक हुनुपर्ने धारणा राखे । ‘पहिचानका लागि एक हुन सकिएन भने हामी लोप भएर जान सक्छौं’, उनले भने, ‘यसका लागि सम्पूर्ण जोगीहरु एक भई पहिचान खोज्नु आजको आवश्यकता हो ।’ उनले जोगी÷योगीलाई सीमान्तकृत तथा अल्पसंख्यक समुदायमा पनि पहिचान दिन नसक्नु राज्यको कमजोरी भएको बताए । केन्द्रीय उपाध्यक्ष प्रिति योगीले संविधानमा जातजाति महलमा जोगी÷योगी उल्लेख गरिनुपर्ने, विशेष अधिकारसहितको लोपोन्मुख, अल्पसंख्यक र सीमान्तकृत जातिका रुपमा सूचीकृत गरिनुका साथै पिछडिएको÷पछाडि पारिएका राष्ट्रिय मूलधारमा आउन नसकेका अन्य जातजाति जस्तै भिन्नजातिको रुपमा विशेष अधिकार सहितको पहिचानको व्यवस्था गरिनुपर्ने माग रहेको राखिएको बताइन् ।

उनले संविधान संशोधनमार्फत् माग पूरा गराउन सरकारलाई ज्ञापनपत्र, ध्यानाकर्षण गराइने बताउँदै पूर्वदेखि पश्चिम सम्मका जोगी÷योगीहरु जुटाउन पहल गरिने उनले बताइन् । भेलाले मोरङ जिल्ला कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा गंगाबहादुर योगी छन् । यस्तै उपाध्यक्षमा देीपेन्द्र र राजकुमार जोगी, सचिवमा राकेश योगी, सहसचिवमा निता योगी, कोषाध्यक्षमा प्रिति योगी छन् । यस्तै, सदस्यहरुमा दुर्गा योगी, अनुप योगी, कोपिला योगी, टङ्क योगी, मिलन योगी, प्रकाश योगी, नरेन्द्र योगी, मनकुमार योगी, सविता योगी छन् भने सल्लाहकारमा असु योगी छन् । यस्तै, सल्लाहकार संयोजकमा दुर्गालाल जोगी, डम्बर जोगी, जङ्ग जोगी, तिलकुमार जोगी छन् । निवर्तमान अध्यक्ष दुर्गालाल जोगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नविन योगी थिए । कार्यक्रममा बेलबारीका प्रहरी निरीक्षक चन्द्र योगी, भूपू सुविधार गणेशबहादुर कम्मर, व्यवसायी ज्ञानबहादुर जोगी, अर्जुन जोगी, डम्बरबहादुर जोगीलगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन गंगाबहादुर योगीले गरेका थिए । कार्यक्रममा व्यवसायी ज्ञानबहादुर जोगीले आप्mनो जातीको पहिचानका लागि भन्दै आप्mनो नाममा दमक–१६ स्थित ताराबारीमा रहेको साढे ६ धुर जग्गा बुबा पूर्णबहादुर जोगी र आमा जानुकादेवीको सम्झना र स्मृतिका लागि संस्थालाई प्रदान गरेका थिए । विदेशबाट सहयोग गर्ने रमेश जोगी, राजेन्द्र जोगी, निरकुमार जोगी, योगेश जोगी, सुरेश जोगी, पदम जोगी, अमर जोगी, गनबहादुर जोगी साथै जनगणना गर्न सहयोग गर्ने असु योगी, सिम्रन योगी, दुर्गा योगी र लोकमान योगी साथै जग्गा दिने ज्ञानबहादुरलाई सम्मान गरिएको कोषाध्यक्ष प्रिति योगीले जानकारी दिइन् । जोगीहरूको परम्परागत भेषभुषा, भाषा लिपी, खानपान रहनसहन, मौलिक संस्कार, रितिथिति र परम्परागत मूल्य मान्यता, मनाउने चाडपर्व, विवाह संस्कार, मृत्यु संस्कार, धार्मिक आस्था र परम्परा रहेका छन् । गुरु गोरखनाथबाट दीक्षित बाह्र पन्थी सम्प्रदाय एवं तिनका सन्ततिलाई बाह्रपन्थीनाथ जोगी÷योगी (नाथ, योगी, कुवर, ब्रह्मचारी, देवनाथ, जोगी) भनेर भनिँदै आएको छ ।