काठमाडौं / संसदमा बैठक चलिरहेका बेला शहरी विकास मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केशीले आफ्नै हातमा खैनी थुके र टेवल मुनि फ्यात्त फालेर हर्कत देखाएका छन् । त्यही संसदबाट पारित गरि सरकारले सार्वजनिक यातायतबाट थुक्न फोहोर फाल्न नपाईने नियम बनाएको धेरै भएको छैन् । यता सरकारकै मन्त्रिले हातमा खैनी थुकेर टेवलमुनि फुत्त फालेको दृश्यले नेपालीहरुको सभ्यतालाई राम्रैसँग उजगार गरेका छन् ।  संसदभित्र मर्यादामा बस्नुपर्ने सांसद तथा मन्त्रीको यस्तो हर्कत सोमबार देखाएका हुन ।

सभ्य मुलुकहरुमा खानेकुरा खाएर बाटामा केही पनि चिजवस्तु फाल्न पाइँदैन । नेपालीहरुले नै पनि आफ्नो घरभित्र जतासुकै फोहोर वस्तुहरु फाल्न पाइँदैन र त्यसलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, शहरको सभ्यता विकास गर्ने ठेक्का लिएका शहरी विकास मन्त्रीले नै यस्तो लाजमर्दो असभ्यता देखाएका छन् ।Arjun-Narshing-kc

सार्वजनिक स्थलमा धूमपान वर्जित मानिँदै आएको छ । मन्त्रीज्युलाई खैनी च्यापेर संसद् बैठकमा बस्नु सोभनीय होइन भन्ने पक्कै थाहा हुनुपर्ने हो । त्यति पनि थाहा नभए त्यसरी हातमा खैनी थुकेर आफ्नै सीटमुनि फाल्नु मन्त्री त के, कुनै पनि सभ्य मानिसका लागि सुहाउने विषय नै होइन ।