अर्ना स्थानान्तरणका लागि खोर बन्दै
काठमाडौँ/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सर्वेक्षण विभागले अर्ना स्थानान्तरणका लागि चितवन राष्ट्रिय निकुञ्जभित्र खोर (इन्क्लोजर) निर्माण कार्य सुरु गरेको छ ।
विभागले चितवन राष्ट्रिय निकुञ्ज, हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका सङ्घसंस्थाको साझेदारीमा चितवन राष्ट्रिय निकुञ्जभित्र ४० हेक्टर क्षेत्रफलमा खोर निर्माण कार्य सुरु गरेकोे हो ।
विभागका उपसचिव लक्ष्मण पौडेलले कोसीटप्पु वन्यजन्तु आरक्षमा मात्र पाइने अर्ना संरक्षणका लागि खोर निर्माण गरेर स्थानान्तरण गर्न लागिएको बताए । उनले भने, “विभागले अर्नाको संरक्षणका लागि पहिलोपटक पाँच भाले र १५ पोथी जातको अर्ना स्थानान्तरण गर्न लागेको हो ।”
उपसचिव पौडेलले एकै ठाउँमा अर्नाको सङ्ख्या धेरै हुँदा मानव र वन्यजन्तुको द्वन्द्व बढ्न सक्ने कुरालाई ध्यानमा राखेर उक्त काम गर्न लागेको बताए ।
उनले एकै ठाउँमा सबै अर्ना हुँदा कुनै रोगव्याधीका कारण सबै मर्ने खतरा हुने हुँदा त्यस्तो अवस्था आए एक ठाउँको मरे पनि अर्र्को ठाउँको बाँच्छ भन्ने उद्देश्यले पनि स्थानान्तरणलाई विभागले प्राथमिकता दिएको उल्लेख गरे ।
सन् २०१४ मा ३२७ रहेको अर्नाको सङ्ख्या सन् २०१६ मा आइपुग्दा बढेर ४३२ पुगेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























