कलैया/ जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आव ०७२÷७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४.२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको छ । कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिन्छ ।

सो कार्यालयको गत आव ०७१÷७२ को तथ्याङ्कानुसार भने ५.०६ प्रतिशत कुपोषित रहेको कार्यालयका तथ्याङ्क प्रमुख रामनरेश यादवले बताए ।बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि पोषणयुक्त सन्तुलित भोजन हुन जरुरी भएको तर जनचेतना, शिक्षा र गरिबीले गर्दा पर्याप्त मात्रामा उत्पादित खाद्यवस्तुको सही तरिकाबाट उपभोग नगरेको हुनाले बालबालिका कुपोषित भएको जनाइएको छ । रासस