धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका एक बिरामी र अर्का विमारीको कुरुवा मृत भेटिएका छन् ।
प्रतिष्ठानको पेईङ २ नं वाडको कोठा नंं ४ मा उपचार गराई रहेका मोरङको सिजुवा–१ घर भएका ५३ बर्षिय घाटीको क्यान्सर भइ उपभचार गराईरहेका गंगा भट्टराई र अर्का विमारीका कुरुवा झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइलीले आत्महत्या गरेको प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले जानकारी दिए । प्रतिष्ठानकै रजिस्टार कार्यालयका सिनियर अफिसर समेत रहेका भट्टराई आईतबार विहान ३ः२२ बजे पेइङ वडा बाहिर मृत अवस्थामा भेटिएका थिए । भट्टराईका भाई यज्ञनाथ भट्टराईका अनुसार १ बजेसम्म विमारी सुतिरहेका थिए । छोरा, बतिज र बैनीसहित कुरुवा बसेका थिए । १ बजे पछि सबै दिदाएको मौकामा उनी बेड छाडेर बाहिरका थिए । ३ः२२ बजे व्युउझिएर हेर्दा उनी बेडमा नदेखेपछि खोजी गर्दा बाहिर मृत अवस्थामा भेटिएको उनका भाई यज्ञनाथले जानकारी दिए । दिल्लीको राजिवगान्धी अस्पतालमा उनको घाटीको अपरेसन गरिएको थियो । छातीमा प्याल पारेर उनले स्वासप्रस्वास लिदैआएका थिए । खाना पनि पाईप पेटमा छिराएर तरल पदार्थमात्र लिदैआएका थिए । ‘राती टिभी हेरे सामान्य अवस्थाका व्यक्ति एक्कासी बाहिर मृत अवस्थामा भेटियो ।’–भाई यज्ञनाथले भने–‘हामी पनि अच्चममा परियो । बेलुका डाक्टरहरुसँग भने रिसाउनु भएको थियो । प्रतिष्ठानकै कर्मचारी हुदा पनि राम्रो उपचार नगरेको भनेर लेखेर असन्तुष्ट देखाउनु भएको थियो ।
यता बराईली भने आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको सर्जरी विभागको २ नंं युनिटमा उपचार गराइरहेका थिए । उनले भने शनिवार राती १० बजे उनले आत्म हत्या गरेका थिए । उनी प्रतिष्ठानको सर्जरी वार्ड २ नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भ¥याङ्गमा डोरीको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको आमालाई ३ दिन अघि उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो । आमालाई स्तन क्यान्सर भएको भनेर चिकित्सकले भने पछि उनी निराश भएको पाईएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए । आमालाई अव बचाउन नसकिने भयो भनेर उनी आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरु दुवैको आइतबार विहान नै पोष्टमार्टम भइसकेको छ । उपचारमा धेरै खर्च भएको र पनि विमारी विशेक नभएको भन्दै उनी निराश भएको बताईएको छ । भट्टराई लामो समयदेखि क्यान्सरबाट पीडित भएका थिए । उनलाई भक्तपुर क्यान्सर अस्पतालमा देखाएर तीन दिन अघि मात्र प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । दुवैले पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छन् । चिकित्सकका अनुसार भट्टराईलाई अत्याधिक दुखाई भईरहेको थियो । उनलाई मर्फिन नामक औधषी दिदा पनि पीडा भईरहेको र पीडा सहन नसकेर उनी आत्महत्या गरेको हुन सक्ने बताइएको छ । गम्भीर प्रकृतिका विमारीहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था पनि गरेको छ । उक्त सुविधाबारे उनीहरुले थाहा पाएनन । प्रतिष्ठानका सुचना अधिकृत तामाङका अनुसार प्रतिष्ठानले क्यान्सर, मुटु, मृगौला रोगी तथा स्पाईनल कडको समस्या भएका विमारीहरुलाई एक लाखसम्मको उपचारमा छुट दिदै आएको छ । ५ घण्टाको अवधीमा २ वटा घट्ना हुदासम्म प्रतिष्ठानमा सुरक्षामा खटिएको केटीएम सेकुरिटीले पत्ता नै पाएन । वडामा विमारी कुरुवासँग विमारीको निगरानीका लागि नर्सहरु पनि परिचालन गरिएको हुन्छ । बेडमा भएको विमारी बाहिर जादासम्म नर्स, चिकित्सकले थाहा नपाउनु प्रतिष्ठान प्रशासनको समेत लापारवाही भएको पीडितका आफन्तहरुले बताएका छन् ।