तरहरा (सुनसरी) सुनसरीको चारकोशे झाडीमा अत्याधिक मात्रामा भईरहेको दुर्घट्ना रोक्न एकाहा पुराण लगाईएको छ । दुर्घट्ना ग्रस्त क्षेत्रको रुपमा रहेको तरहरास्थित पानीपिया क्षेत्रमा पुराण लगाईएको हो । पानी पिया तथा चारकोशे झाडी क्षेत्रमा प्राय दैनिक जस्तो दुर्घट्ना हुने गरेको भन्दै आगामी दिनमा दुर्घट्ना नहोस भनी पुरान लगाईएको हो । ब्रम्हाण समाज नेपाल तरहराको आयोजनामा एकाहा पुराण लगाइरहदा त्यहाँ त्यसै हाइवेय क्षेत्रमा दुर्घट्नामा परेका परिवारहरु स्तब्ध भएका थिए । इटहरी धरान सडक खण्डमा भएका सवारी दुर्घटनामा परी ज्यान गुमाएका पितृहरुको उद्धारका लागि तथा दुर्घटना नहोस् भनि लगाइएको एक दिवसिय श्रीमद्भागवत पुराणमा मृतकका आफन्तहरु बिभिन्न जातजाती,धर्मावलीलम्बीहरुलेसमेत श्रद्धान्जली ब्यक्त गरेका थिए । पुरानमा विभिन्न ठाउँका आफन्त गुमाएकाहरुको सहभागिता रहेको थियो । तरहराकै सीता गीरीले पाँच बर्ष अघि सवारी दुर्घटनामा मृत्यू भएको छोरा प्रकास गिरीलाई सम्झीईन । उनले त्यस क्षेत्र वढि दुर्घट्ना हुने गरेको सुनाउँदै भावुक वनिन् । इटहरी–४ का देबराज न्यौपाने र दुर्गादेबी न्यौपानेले २० बर्ष अघि सवारी दुर्घटनामा मृत्यू भएका ७ बर्षीय छोरा शेखर न्यौपाने, त्यस्तै इटहरी २४ कै मानबहादुर राई र सम्झना राईले पनि आफ्नी छोरी सोनी राईको सम्झनामा श्रद्धान्जली अर्पण गरे । चिन्तामणी लुईटेलले समेत आफ्ना दुईजना छोरा पानिपियाकै सडकमा गुमाउनु परेको बताउदै दुःख ब्यक्त गरे । तरहराका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको पुरानमा पराधेश्याम सेवा ट्रष्ट बृन्दाबन गौशलाका संस्थापक दीनबन्दु शास्त्रीले श्रीमद भागवत पुराणमा शास्त्रिले हिन्दु धर्मका बारेमा गलत प्रचार भएको वताएका थिए । उनले ब्राम्हण जातीले नभई कर्मले हुने बताउदै किराँत समूदायमा जन्मिएर पनि स्वामी डाक्टर प्रपन्नचार्यले बेदलाई नेपालीमा ब्याख्या गरेर सबैले बुझ्ने बनाएको बताए । उनले हिन्दु धर्मको नकरात्मक प्रचार भईरहेको प्रति चिन्ता ब्यक्त गरेका थिए ।

बाह्मण समाजले देउसीभैलोबाट उठेको रकमले केही सामाजिक कार्यमा खर्च गर्ने सोच रहेकाले पानिपियामा पुराण लगाएको प्रचार प्रसार संयोजक राजन न्यौपानेले बताए । उनले भने –‘अरु सामाजिक संघसंस्थाहरु देउसी खेलेर बनभोजमा खर्चिन्छन् तर हामीले यसलाई सामाजिक टेवामा खर्च गर्यौ भन्ने उदेश्यले पुरान लगाएको हौ ।’ पानीपिया तथा चारकोशे झाडीमा एक वर्ष यता करिब २ दर्जनले सवारी दुर्घट्नामा ज्यान गुमाईसकेको प्रहरी तथ्याङ्कले देखाउँछ । कार्यक्रम ब्राम्हण समाज तरहराका अध्यक्ष चन्द्रप्रसाद भट्टराईको अध्यक्षता तथा अमृत भट्टराइको संयोजकत्वमा सम्पन्न भएको थियो ।