पकली (सुनसरी) पुरानो रिसिईवीको कारण सुनसरीको इटहरीमा आईतवार राती एक युवकको छुरा प्रहार गरि हत्या गरिएको छ । पुरानो रिसिईवी साध्न इटहरी १५ मा छुरा प्रहारबाट मधेली गाविसका २१ वर्षिय रिजन भन्ने दिलकुमार चौधरीको मृत्यु भएको हो । साविक एकम्वा इटहरी १५ कै स्थानिय युवा जयनारायण चौधरीले छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहररी कार्यलय सुनसरीले जनाएको छ । पुरानो रिईवी जयनारायणले दिलकुमारको हत्या गरेको प्रहरीले वताएको छ । तर जयनारायणलाई भने प्रहरीले पक्राउ गर्ने सकेको छैन । केहि समय यता पकली क्षेत्रमासमेत अपराधिक घट्नाहरु बढ्न थालेको सर्वसाधरणहरुले वताएका छन । आईतवार साझमा दिलकुमार आफ्नो भाउजुको घरमा आएका थिए । त्यसै क्रममा केहि महिना अगाडीको रिसिईवीलाई लिएर जयनारायणले दिलकुमारको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी पोषराज पोखरेलले वताए । केही महिना अगाडी दिलकुमारले जयनारायणलाई कुटपिट गरेको र सोही निहुमा दिलकुमारको छुरा प्रहार गरी हत्या गरेको एसपी पोखरेलको भनाई छ । फरार रहेको जयनारायाणको खोजी भईरहेको प्रहरीले वताए पनि अपराधी भने पक्राउ परेको छैनन् । केहि दिन अघि मात्र इटहरी–१५ कै भवेश चौधरी गोली प्रहारबाट घाइते भएका छन् । गोली प्रहारमा संलग्न भएको आशंकमा प्रहरीले दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको भए पनि वास्तविक अपराधीहरु भने अझै पक्राउ परेका छैनन । गोली कस्ले र के कारणले हानेको हो भन्ने अझै पत्ता नलागेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर शान्तीराम कार्कीले भने अपराधिहरुको खोजी कार्य भईरहेको बताए । यता सर्वसाधरणहरुले भने इलाका प्रहरी कार्यलयको काम सन्तोष जनक नभएको भन्दै प्रहरीको विरोध गर्दै आएका छन् ।