२००७ मा रिलिज भएको फिल्म ‘तारे जमिन पर’ मा अभिनय गरेर चर्चामा आएका कलाकार दर्शिल सफारी अहिले युवा भएका छन् । १० वर्षको अन्तरालमा दर्शिल पुरै बदलिएका छन् यतिसम्मकी उनलाई भट्ट हेरेर चिन्न निकै गाह्रो हुन्छ । दर्शिल अब चाडै नै ‘क्वीकी’ नामक फिल्मबाट पुनरागमन गर्दैछन् ।
यस फिल्मको एउटा पोस्टर भर्खरै मात्र सार्वजनिक भएको छ । पोस्टरमा उनको तस्बिरसँगै ‘... नो बर्फिङ, नो सर्पिmङ’ लेखिएको छ । फिल्मको कथा वस्तुबारे अहिले नै सार्वजनिक नभएतापनि फिल्म अहिलेको आधुनिक प्रविधिमा आधारीत सम्बन्ध बारे रहेको जनाइएको छ ।