बलिउड सुपरस्टार सलमान खानको रोमानियाकी सुन्दरी लुलिया वन्तुरसँग प्रेमसम्वन्ध कसैबाट छिपेको छैन । तर पनि आफूहरु राम्रो साथीमात्रै भएको दावी गर्नछाडेका छैनन् उनीहरुले ।

हालै एक म्याग्जिनलाई दिएको अन्तरवार्तामा यूलियाले सलमान आफ्नो मिल्ने साथी मात्र भएको जिकिर गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म र सलमान केवल मिल्ने साथी हौं । साथीको मतलब साथी मात्र । प्रेम होइन । सबै चीज आफ्नो समयमा हुन्छ । न अघि न पछि । बाँकी सबै अनुमान हुन् ।’

त्यसो त लूलिया सलमानको परिवारसँग पनि निकै निकट छिन् । उनलाई धेरैपटक सलमान र उनको परिवारसँग पार्टी तथा फिल्मको स्क्रीनमा देखिने गरेको छ । अघिल्लो वर्ष एक रोमानियाली अखबारले दावी गरेको थियो कि सलमान र यूलियाले रोमानियामा विवाह गरिसकेका छन् । यूलियालाई त्यहाँको एउटा चर्चित टेब्लोइडले ‘डोयम्मा खान’ लेखेको थियो, जसको अर्थ हुन्छ, ‘रोयल मिसेज खान ।’

उनले मंगलबार इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरिन्, जसमा उनी ‘तु है हिरो मेरा…’ गीत गाइरहेकी देखिन्छिन् । यो सलमान खानको फिल्म हिरोको गीत हो, जुन अघिल्लो वर्ष रेकर्ड गरिएको थियो र लोकप्रिय पनि भएको थियो । यूलियाले गीतको शब्दमा अलिकति फेरबदल गरेकी थिइन् ।

भिडियो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे । मेरो उपहार तपाईंको लाागि । आफ्नो भ्यालेन्टाइनसमक्ष यो गीत गाउनुस, र थाहा पाउन योग्य व्यक्तिलाई सेयर गर्नुस् ।’