अभिषेक र ऐश्वर्याबीच मनमुटावको समाचार वेला बेलामा सार्वजनिक हुने गरेको छ ।
‘ए दिल है मुश्किल’ रिलिजको समयमा पनि यस्तै समाचार सार्वजनिक भएको थियो । उक्त फिल्मको हट डान्स सीनमा अभिषेक खुसी नभएको समाचारहरु सार्वजनिक भएका थिए ।
पछिल्ला दिनमा पनि उनीहरु विवादित भएको समाचारहरु सार्वजनिक भएका छन् । उनीहरु छोरी आराध्याका कारण झगडामा उत्रिएका समाचारहरु भारतीय समाचार माध्यमहरुमा छाएका छन् ।
अभिषेकको चाहना छ कि छोरी आराध्या अहिलेदेखि नै भारतीय फिल्म उद्योगमा बालकलाकारको भूमिकामा खेलुन् भन्ने छ ।
तर, ऐश्वर्यालाई भने छोरीलाई लाइमलाइटबाट टाढा राख्न चाहन्छिन् जसका कारण उनीहरुको सम्बन्धमा समस्या आएको छ । समाचारहरु सार्वजनिक भएपनि अभिषेक र ऐश्वर्याले भने सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।