धरान / फागुमा जबरजस्ती रंग लगाइदिने र उच्छृंखल गतिविधि गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने भएको छ । फागु (होली) पर्वमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाले एक हजार प्रहरी परिचालन गर्ने भएको छ ।
‘फागुको मर्यादा विपरित गतिवधि गर्ने कोहीलाई छोड्दैनौं, जबरजस्ती कोहीमाथि रंग तथा लोला हान्न पाईंदैन, त्यस्ता गतिविधि गर्नेलाई छोड्दैनौं ।’ हनुमानढोका काठमाडौंका प्रमुख छवीलाल जोशीले भने ।
अनुहार नचिनिने गरी रङरोगन गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले बताएको छ ।