धरान/ कञ्चनपुरको पुनर्वास नगरपालीका स्थित नेपाल भारत सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।
पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सिमा क्षेत्रमा तनाब चुलिएको थियो । त्यसअघि नेपाली पक्षले नेपाली भुमिमा कलवर्ट निर्माण गर्न खोज्दा भारतीय सिमा सुरक्षाबल एसएसवीले नेपाली भुमिमा प्रबेश गरि आक्रमण गरेको थियो ।
भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो ।
तीनबुँदे सहमति भएको हो ।विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी दिए ।