धरान/धरान–१३ सूर्यमार्गमा निर्माणधिन नाला (ड्रेन) मा ठोक्किएर एकजना वृद्धको मृत्यु भएको छ ।
[caption id="attachment_33481" align="alignleft" width="480"]
तस्बिर भैरव अाङ्ला फेसबुक[/caption]
धरान–१३ उदयटोलका ६० वर्षीय ज्ञानबहादुर बिक (बराइली) घरतर्फ जानेक्रममा लडेर मृत्यु भएको हो । लड्ने कारण बारे नखुले पनि उनी दैनिक मापासे गर्ने गरेको स्थानीयहरुले बताएका छन् । निर्माणाधिन ड्रेनमा ठोक्किएर उनी तीन फिट अल्तितिर लड्न पुगेका थिए । जसका कारण उनको टाउकामा चोट लाग्न पुगेको थियो ।
उनलाई स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई सूचना दिएका थिए । प्रहरी र आफन्तले तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याएको थियो । प्रतिष्ठानका चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
सामान्य ज्यालामजदुरी गरेर पेट पालो गर्दै आएका उनी बिहीबार पनि कामबाट फर्किएको स्थानीयले बताए । दुई छोरा र एक श्रीमती रहेका उनको शव प्रतिष्ठानको मर्चरीमा राखिएको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिए ।