धनकुटा/ सामाजिक सञ्जाल फेसबुकमार्फत् धनकुटाको एक विद्यालयलाई ५ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग जुटेको छ ।
रोजगारको शिलशिलामा विदेश रहेका धनकुटेलीले सामाजिक सञ्जाल फेसबुकमा एक समूह बनाई रकम संकलन गरेका हुन् ।
अमेरिका, बेलायतसहित खाडीका विभिन्न मुलुकमा रहेका धनकुटेलीले धनकुटा मारेककटहरे–९ स्थित धर्मोदय माध्यमिक विद्यालयमा कम्प्युटर लगायतका विद्युतीय उपकरण किन्न उक्त रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक तुलसीराम रायमाझीले जानकारी दिए ।
संकलित रकमबाट विद्यालयमा १४ थान कम्प्युटर, प्रोजेक्टर र साउण्ड सिस्टम एक÷एक थान विद्युतीय उपकरण समेत खरिद गरिसकिएको छ ।