सुनसरी खनारको पोल्ट्री फर्ममा पनि बर्डफ्लु फेला
धरान । पर्यटकीय क्षेत्र तालतलैयाको बालउद्यानमा रहेका चराहरुमा वर्डफ्लु भेटिएको दुई दिन नबित्दै सुनसरीको खनारको एक पोल्ट्री फर्ममा बर्डफ्लु फेला परेको छ ।
खनारस्थित पाथिभरा पोल्ट्री फर्ममा बोइलर कुखुरामा वर्डफ्लु फेला परेको हो । फर्ममा रहेका झण्डै ६ हजार ५ सय कुखुरा हाल प्रहरी र जिल्ला पशु सेवा कार्यालयको रहोबरमा नष्ट भइरहेको हाम्रा संवाददाता धनबहादुर पुरीले बताए ।
उनका अनुसार पा“चदिन अघि नेपालको प्रयोगशालामा प्रमाणित हुन नसकेपछि भारतमा लगिएको थियो । विदेशमा प्रमाणित भएपछि पशु सेवा कार्यालय सुनसरीको रहोबरमा नष्ट गर्ने काम भइरहेको हो
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































