काठमाडौं / पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा हल्का बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । भारतीय भूभागबाट बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा शुक्रबार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरुमा बर्षाको प्रभाव देखिएको र शुक्रबार रातीदेखि पूर्वी क्षेत्रमा समेत वर्षा हुने क्रम सुरू भएकाे  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले अझै दुई दिनसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशखाका मौसमविद् समिर श्रेष्ठले बताए । चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जन सहित क्षणिक बर्षाको गतिविधी दोहोरीने उनले बताए ।