काठमाडौ / सरकारले नयाँ संचरनाअनुसार स्थानीय चुनाव गर्ने निर्णय गरेसँगै देशभरका गाउँपालिकाका लागि ४ सय शाखा अधिकृतको तत्काल अभाव देखिएको छ ।
सरकारले ७ सय ४४ स्थानीय तह बनाउने निर्णय गरेसँगै देशभरका गाउँपालिकामा पनि शाखा अधिकृत स्तरको कर्मचारीलाई कार्यकारी अधिकृत बनाएर पठाउनुपर्ने भएकाले एकैपटक धेरै संख्यामा कर्मचारी अभाव भएको हो ।
सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेकाले जतिसक्दो छिटो कर्मचारी कार्यक्षेत्रमा पठाउन निर्वाचन आयोगले दबाब दिँदै आएको छ । तर स्थानीय विकास मन्त्रालयसँग त्यति ठूलो संख्यामा अधिकृत स्तरको कर्मचारी नभएपछि सामान्य प्रशासन मन्त्रालयसँग चार सय कार्यकारी अधिकृतका लागि कर्मचारी माग गरेको छ । सामान्य प्रशासनमा पनि त्यति धेरै शाखा अधिकृतको संख्या नभएकाले दरबन्दी कसरी मिलाउने र अभाव कर्मचारी कहाँबाट मिलाउने भन्नेमा मन्त्रालय अन्योलमा परेको छ |