काठमाडौं/ नेपालमा अहिले ७ सय ५४ वटा म्यानपावर कम्पनी क्रियासिल रहेपनि २ सय भन्दा बढि म्यानपावरले भिसा प्राप्त गर्न नसक्दा वर्षमा एक सय भन्दा कम कामदार पठाउन सकेका छन् ।

महासचिव रोहन गुरुङले श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराउँदै वैदेशिक रोजगारको अवसर खुम्चंदै गएकाले यहाँ भन्दा बढि म्यानपावर कम्पनी भए झनै समस्या थपिने बताए ।

खाडीका देशमा तेलको मुल्य गिरावट, मलेसियाको मुद्रामा भएको अवमुल्यन र सरकारका अव्यवहारिक निर्णयका कारण वैदेशिक रोजगारीमा समस्या बढ्दै गएको संघको ठम्याई छ ।

अहिले क्रियाशिल व्यवसायीलाई नै माग ल्याउन मुस्किल भैरहेका बेला अझै इजाजत दिइए व्यवसायी बिचमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने भन्दै तत्काल बन्द गर्न अनुरोध संघले गरेको छ ।

यस विषयमा थप छलफल गरेर टुंगो लगाउन पनि संघले माग गरेको छ । अहिले भैरहेकै संस्थालाई घटाउनु पर्ने माग उठीरहेका बेला सरकारले भने नयाँ इजाजत खुल्ला गरेको छ ।