नेपाल आयल निगमले एलपीजी ग्यासको मूल्य बढाएको छ ।
२७ फागुन राति १२ बजेदेखि लागू हुने गरी आयल निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको हो ।
मूल्य वृद्धिसँगै एउटा सिलिन्डरको मूल्य १३ सय ७५ रुपैयाँ हुने भएको छ । यसअघि एउटा सिलिन्डरको मूल्य १३ सय ५० रुपैयाँ कायम गरिएको थियो ।
मूल्य वृद्धि पश्चात् पनि आयल निगमलाई प्रति सिलिन्डर २ सय ८८ रुपैयाँ ५१ पैसा घाटा रहेको छ ।
ग्यासको मूल्य बढाए पनि पट्रोल र डिजेलको मूल्य भने यथावत रहने आयल निगमले जनाएको छ ।