कञ्चनपुर/ कञ्चनपुरको पुर्नवास नगरपालिमामा प्रसाशनले लगाएको कर्फ्युको बिरोधमा स्थानियहरुले प्रदर्शन गरेका छन् ।
स्थानियहरुले निषेधाज्ञाको बिरोध गर्दै प्रदर्शन गर्नथालेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ ।
निषेधाज्ञाको बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच ठाँउ ठाउँमा झडप भएको खबर छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा प्रदर्शन जारी भएपछि कञ्ननपुरको पुनर्वास नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो ।