धनकुटा/ ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाले सञ्चालन गरेको दिवासेवा कार्यक्रम सञ्चालन भएको ५० दिन पुगेको अवसरमा स्वर्ण उत्सव कार्यक्रमको आयोजना गरिएको छ ।
ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका आजिवन सदस्य शकिला राणाको अध्यक्षतामा भएको कार्यक्रममा फडिन्द्रप्रसाद वरालले श्रीमतभागवत र ज्येष्ठ नागरिक जिल्ला सघंका पुर्व अध्यक्ष सुदर्शन घिमिरेले श्रीकृष्णचरित्र वाचन गरेका थिए । साथै सो अवसरमा भजनकिर्तन समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा हिरादेवी नेवा खड्गी, किरण राणा, नरदेवी खड्गी, सकिला राणा, सानु नरदेवी र सिता प्रधानले भजनकिर्तन प्रस्तुत गरेका थिए । सो अवसरमा ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठले दिवासेवा कार्यक्रमको अवधारणा सहित ज्येष्ठ नागरिकको अवस्थाको वारेमा जानकारी गराएका थिए ।
यस्तैगरी उनले ५० दिन सम्म आईपुग्दा दिवा सेवा कार्यक्रमले ज्येष्ठ नागरिकलाई पुगेको फाईदा र आएको परिर्वतन, सिकाई र आगामि कार्यक्रमहरुको वारेमा जानकारी गराएका थिए । दिवासेवा कार्यक्रममा सहभागि भएपछि ज्येष्ठ नागरिकहरु उत्साहित भएको उनले वताएका छन् । दिवा सेवा कार्यक्रममा सहभागि भएपछि नयाँ जिवन पाएको र गुम्सिएर रहेका अनुभव सुनाउन पाएकोमा आफुलाई निकै खुसि लागेको वताएका छन् ।
साथै उनिहरुले प्रत्येक दिनको समापन पछि भोलीको दिन कहिले आउला भन्ने समेत हुने गरेको वताएका छन् । दिवासेवा कार्यक्रममा आउँदा एक अर्काले भोगेको अनुभव र ज्ञान आदानप्रदान गर्न पाउदाँ आफुलाई धेरै खुसि लागेको धनकुटा–४ का ७१ वर्षिय ईन्द्रवहादुर ढुङ्गेलले वताए । कार्यक्रममा विभिन्न ठाउँवाट सहभागि ८ जना ज्येष्ठ नागरिकले कार्यक्रममा सहभागि भएपछि आफुले वटुलेको अनुभव राखेका थिए ।
कार्यक्रममा वोल्दै महिला तथा वालवालिका कार्यालय धनकुटाका वालवालिका निरिक्षक विश्वनाथ दाहालले कार्यक्रमको निरन्तरताका लागी महिला तथा वालवालिका कार्यालयले सहयोग गर्ने वताए । यस्तै सल्भ नेपाल धनकुटाका कार्यकारी निर्देशक एवं ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका सल्लाहाकार राजेन्द्रवहादुर प्रधान यस अघि २५ हजार रुपैया सहयोग गरेको वताउदै सल्भ नेपालले ज्येष्ठ नागरिकहरुका लागी ज्येष्ठ नागरिक कोष स्थापना गरेको वताए ।
यस्तैगरी सल्लाहाकार जनर्दन घिमिरेले दिवास सेवा कार्यक्रममा सक्रिय हुने २ जनालाई प्रत्येक महिना प्रोत्सहान स्वरुप ५ सय रुपैया प्रदान गर्ने वताए । सोही अवसरमा सल्लाहाकार गोपालप्रसाद अधिकारीले ज्येष्ठ नागरिक जिल्ला सघंले गरेका कार्यहरुलाई समेटेर स्मारिका प्रकाशनका लागी आवश्यक सहयोग गर्ने वताए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जयाँ राईले राखेका थिए भने सञ्चालन सचिव कृष्णभागवत श्रेष्ठले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य वरिष्ठ उपाध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले राखेका थिए ।