मोरङ / उर्लाबारी नगरपालीकाले फोहोर बिर्सजनका लागि ल्याण्ड फिल्डको व्यवस्थापन नगरेको बताउँदै फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली ईन्भायरमेन्ट केयर प्रालिले ६ दिन देखि फोहोर संकलन नगर्दा फोहोरले बजार दुर्गन्दित बन्दै आएको छ।

मोरङको उर्लाबारीमा गत बुधबारदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलन थालेको छ । उर्लाबारी–३ मावा खोलामा फालिदै आएको फोहोर स्थानीयले अवरोध गरेपछि उठ्न नसकेको हो ।

फोहोर थुप्रदा उर्लाबारी नगर क्षेत्रमा दुर्गन्ध फैलन थालेको छ । उर्लाबारी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि डम्पिङ साइडको ब्यवस्थापन नगरिदिएको उसको भनाई छ ।

उर्लाबारी नगरपालिकाले फोहोर डम्पिङ गर्दै आएको उर्लाबारी–६ बक्राहा खोलामा अवस्थित डम्पिङ साइट गत असारमा बाढीले बगाएपछि हाल उर्लाबारी–३ को मावा खोला किनारमा फोहोर फाल्ने ब्यवस्था मिलाइएको थियो ।

नगरपालिकाले तीन वर्ष अघि ७ लाख २१ हजार रुपैयाँमा किनेको १ विगाहा ७ कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विर्सजन गर्दा बाढीले डम्पिङ साइड बगाएको थियो ।

उर्लाबारी नगरक्षेत्रबाट दैनिक ४ देखि ६ ट्याक्टर ९२४ देखि ३० टन० फोहोर निस्कने गर्छ । नगरपालिकाले वार्षिक १५ लाख रुपैयाँमा फोहोर ब्यवस्थापनको जिम्मा मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिलाई दिइएको थियो ।