काठमाडौं । केही समय अघि खुकुरी काता प्रदर्शन गरी चर्चामा आएका उज्वल ठकुरीले अमेरिकाको साउथ क्यारोलीनामा भएको ४३ औ युनिभर्सल मार्सल आर्ट च्याम्पियनसीपमा आठ मिनेटको अन्तरमा पाचँ भिन्न डेमोन्सट्रेसन गरी अर्को सफलता पाएका छन् ।

उनले ६० सेकेन्डमा दातले ४० पाउन्ड भार उठाउनुका साथै २० वटा टायल ब्रेक गरेका थिए । भन्डामा स्टाइलमा सो भार उठाएका उनले १० सेकेन्डमा १ सय पाउन्ड पनि उठाएका थिए ।आफैले प्रतिपादन गरेको खुकुरी काता पनि उनले पहिलो पटक प्रश्तुत गरेका थिए ।

तेन्सो काता सहित उनले भन्डामा स्टाइलमा २० एलबीएस भार शरिरमा राखेका थिए । उनले १० सेकेन्डमा सोही स्टाइलमा १४० एलबीएस शरिरमा राख्नुका साथै दातले पनि उठाएका थिए । उनले सात फीट अग्लो ट्रफी र पाच भिन्न प्रमाणपत्र पाए ।

उनले अमेरिकाको आठ राज्यमा भएको मार्सल आर्ट च्याम्पियनसीपमा सहभागिता जनाइसकेका छन् । उनले साउथ क्यारोलीना, नर्थ क्यारोलीना, भर्जीनीया, वासिंघटन डीसी, मेरिल्यान्ड, पेन्सीलभीनीया, न्यु जर्सी र न्यु योर्कमा सहभागिता जनाइसकेका हुन् ।

 उनले गत महिना पेन्सीलभीनीयामा भएको अमेरिका गट ट्यालेन्टमा पनि सहभागिता जनाएका थिए । उनले अब दुइ राज्यमा डेमोन्सट्रेसनको तयारी गरिरहेका छन् ।

१४ बर्ष देखि भर्जीनीयामा बस्दै आएका उनले सन् २०१४ मा खेल जीवन सुरु गरेका थिए । भर्जीनीयाको मारिन गुजाउबाट उनले मार्सल आर्टमा दोश्रो डान पाएका हुन् ।