तरहरा (सुनसरी) /सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह(४ मा रहेको सुनसरी खोला किनारमा रहेको ऐलानी जमिनमा स्मशानघाट प्रयोग गर्ने विषयमा हिन्दु धर्मालम्वी र मुस्लीम धर्मालम्वी विचको विवादमा मिलापत्र भएको छ । [caption id="attachment_35442" align="alignleft" width="310"] तस्बिरः गुगल[/caption] आगमी दिनमा झगडा नगर्ने प्रतिवद्धता सहित शनिवार जिल्ला प्रशासन कार्यलय सुनसरीमा उक्त विवाद मिलेको हो । विवादका कारण गत फागुन २१ गते शनिवार झडप भएको थियो । दोहोरो झडपमा परिणत दर्जन भन्दा बढी मानिस घाइते भएका थिए । घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका लागि सशस्त्र र नेपाल प्रहरीको ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालित गरीएको थियो । तथापी विवाद नमिले पछि शनिवार जिल्ला प्रशासन कार्यलय सुनसरीमा विवाद मिलेको छानविन समितिका संयोजक साहयक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले वताए । स्मशानघाट प्रयोग गर्ने विषयमा बिहान ९ बजेतिर स्थानीय चिया पसलमा कुराकानी एवम् संवाद चलिरहेका बेला एक्कासी ढुङ्गा प्रहार भएपछि मुस्लिम समुदाय र हिन्दु यादव समुदायबीच घमासान झडप भएको हो ।उक्त घट्ना धर्मको विषयमा ब्यापक हुन थाले पछि जिल्ला प्रशासनले ७ सदस्य छानविन समिति वनाई घट्ना मिलाएको छानविन समितिको संयोजक गिरीले वताए । उनले भने हिन्दु र मुस्लिम विचको धर्मको विषयमा ठुलो झडप हुन वाँक रोकियो । झडपपछि भएपछि तत्कालै सुरक्षाका लागि त्यहाँ पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको घटनास्थलमा ठुलो क्षती हुनबाट जोगिएको थियो सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले भने । घटनापछि विभिन्न राजनीतिक दलका नेताहरुसमेत घटनास्थल र अस्पतालमा पुगी घाइतेको अवस्था जानकारी गराउँदै धर्मको विषमा सम्वेदनशिल वन्न आग्रह गरेका थिए । तर दुवै पक्षलाई राखेर अगामी कुनै दिन झगडा नगर्ने सहमती सहित उनीहरुको विवाद मिलेको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । स्थानीय नेताहरुले पनि आगमी दिनमा धर्मको विषयमा विवाद नगर्ने भन्दै मिलापत्र गरीएको वताएका छन । नरसिंहमा भएको उक्त विवादले अग्र रुप लिन थाले पछि जिल्ला प्रशासन कार्यलयले ७ सदस्य छानविन समिति गठन गरी छानविन थालेको थियो । सो घटनामा नरसिंह-४ का ३० वर्षीय बेचन यादव, १६ वर्षीय दिपेश यादव, ३० वर्षीय सञ्जय यादव, २२ वर्षीय धीरेन यादव, रीतु यादव, १७ वर्षीय याकुव अन्सारी, ६३ वर्षीय भोला मियाँ, ३९ बर्षीय इस्लाम मियाँ, ५० वर्षीय रोजित खातुन र ३८ बर्षीय जाहारुन खातुनलगायत घाइते भएका थिए ।