इलाम/ शिक्षामा पत्रकारिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार इलाममा सम्पन्न भएको छ ।
शिक्षाका क्षेत्रमा रहेका समस्या समाधान गर्न पत्रकारले कस्ता समाचारलाई प्राथमिकता दिने तथा विद्यालयमा शिक्षक र विद्यार्थीबीच कस्तो सम्बन्ध रहेको छ ।
त्यसबारे कसरी रिपोर्टिङ्ग गर्ने लगायतका विषयमा शिक्षा पत्रकार समुहले एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
अहिलेको अवस्थामा राजनीतिक मात्र प्रमुख नभई आर्थिक,शैक्षिक समाचारहरुमा पत्रकारको ध्यानाकर्षण हुनुपर्ने र शिक्षा क्षेत्रमा भएका विभिन्न समस्याहरुका विषय पत्ता लगाई समाचार लेख्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा बलबालिकामाथि गरिने सबैखाले भेदभाव तथा शिक्षक र बालबालिकाबीचको सम्बन्धको बारेमा जवादेही ढङ्गले रिपोर्टिङ गर्न पत्रकारहरको महत्वपूर्ण भूमिका रहेको विषयमा पत्रकारहरुबीच छलफल भएको थियो ।
शिक्षा निती निर्माण सरोकारवालाबीचको पुल भएकाले पत्रकारको क्षमता अभिवृिद्धगर्नका लागि शिक्षाका विषयवस्तुबारे जानकारी गराउन शिक्षा पत्रकार समूहले तराईका ११ वटा जिल्ला सहित पाचँ विकास क्षेत्रको पाचौँ कार्यक्रम इलाममा सम्पन्न गरेको हो ।
समूहका अध्यक्ष दिपक दाहाल,संस्थापक एवं पत्रकार सुदर्शन घिमिरे र काटमाडौँ विश्वविद्यालयका एसोसियड डिन डाक्टर बालचन्द्र लुइँटेलले नेपालको शिक्षासम्बन्धी भएका चुनौति,पाठ्यक्रमको अवस्था तथा विद्यालय प्रशासनमा भएका कमीकमजोरी,बालबालिकाप्रति शिक्षकले गर्ने व्यवहारहरुबीच ग्रामिण तथा सहरी भेगका विद्यालयको स्थितिबारे पत्रकारहरुले ध्यानाकर्षण गराउनुपर्ने लगायतका विषयमा सहजीकरण गरेका गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा पुर्वाञ्चलका इलाम,पाचँथर,ताप्लेजुङ,तेह्रथुम,झापा,मोरङ्ग तथा सुनसरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।