फत्तेपुर / सरकारले सप्तरीको सप्तकोसी नगरपालिकालाई घटुवा गरि गाउँ पालिका घोषणा गरे पछि स्थानिय बिरोधमा उत्रिएका छन् । यहाँका आठ राजनीतिक दलको आइतबार बनेको सर्बदलिय संघर्ष समिति र स्थानीयबासिहरुले नगरपालिका कायम गर्न दवाव कार्यक्रम थालेका छन् । आइतबार नगरपालिकाको कार्यलय अगाडि बिरोध स्वरुप सडक जाम गरे ।
कार्यलयमा तालाबन्दी समेत गरिएको स्थानिय संचारकर्मी खगेन्द्र कार्कीले जानकारी दिए । आठ राजनीतिक दलहरुले नपाको कार्यलयमा चैत्र १ गते देखि ताला बन्दी गरि कामकाज ठप्प बनाउदै आएका हुन । सडक जाम हुदा उदयपुरको बेल्टार रामपुर बसाहा हडिया लगायतबाट आउने सबारी साधन फत्तेपुर मै अलपत्र परेका छन।
गत चैत १ गते नै ८ दलिय प्रतिनीधि संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय पुुगेर ज्ञापन पत्र बुझाएका थिए । सबै प्रक्रिया मिलाएर २०७१ सालमा नगरपालिका घोषणा गरिएको थियो । तर गत फागुन २७ गतेकाे स्थानिय निकायकाे खारेजी गिर नयाँ घाेषणा गर्दा शप्तकाेशी नपालाइ गाउँपालिका बनाइएकाे थियाे । गत ज्१ गते ज्ञापन पत्र बुझ्दै स्थानिय विकास मन्त्रि कमल थापाले यस्तो नहुन पर्ने । कसरी भयो भन्दै आश्र्चय व्यक्त गरेका थिए । उनले ‘सच्चाउने’ भने पछि संघर्ष समिति फर्किएको थियो । तर सरकारले गाउँपालिका नै कायम गरि कार्यकारी अधिकृत नै तोकेर पठाए पछि कार्यालयमा तालाबन्दी गरि थप आन्दोलनका कार्यक्रम गर्नु परेको नेकपा एमाले जिल्ला कमिटि सल्लाहाकार समितिका सदस्य तथा संघर्ष समितिका संयोजक नारायण आचार्यले जानकारी दिए । उनका अनुसार भोली पुन स्मरण गराउन स्थानिय विकास मन्त्रिलाई भेट्ने कार्यक्रम रहेको छ । दवावका लागि भोली दुई घण्टा बजार बन्द गरि २ घण्टा चक्का जामको कार्यक्रम राखिएको माओवादी केन्द्रका जिल्ला नेता सन्तोष खतिवडाले बताए । आन्दोलनलाई शसक्त बनाउदै बन्द र चक्का जामको कार्यक्रम लम्वाउदै जाने समितिले जनाएको छ । नगरपालिका कायम नभएसम्म कडा आन्दोलन गर्ने संयोजक आचार्यले चेतावनी दिए । हचुवाको भरमा गरिएको निर्णय विरुद्ध सिंगो नगरवासी आन्दोलित भएको उनले बताए । नगरपालिका कायम नभएसम्म सरकारका कुनै पनि काम कारवाहीहरु कार्यन्वयन गर्न नदिने ८ दलको सहमति भएको उनले बताए । निर्वाचनसमेत बहिस्कार गर्ने त्यसमा जनताको साथ सहयोग रहेको उनले बताए । यस अघि छिमेकी कञ्चनरुप नगरपालिकामा गाम्न खोजिएको थियो । तर स्थानिय नमाने पछि थाहै नदिई गाउँपालिका बनाइएको स्थानियले बताएका छन् । २०७१ सालमा कमलपुर ओद्राह र फत्तेपुर मिलाएर सप्तकोशी नगरपालिका बनाइएको हो । नगरपालिका हुनलाई ५५ हजार जनसंख्या चाहिने बताइएको छ । शप्तकोशी को २१ हजार रहेको थियो । तर स्थानिय विकास मन्त्रि थापाका अनुसार पुराना नगरपालिकाका लागि यो नियम लागु नहुने बताएका थिए । विवादित गाउँपालिका र नगरपालिकाको विषयमा सोमबार नै मन्त्रालयमा छलफल राखिएको बताइएकाे छ । शप्तकोशी नगरपालिका कायम नभए सम्म मन्त्रालयमै धर्ना बस्ने संघर्ष समितिले जनाएको छ ।
तस्विरहरु: खगेन्द्र कार्की