इलाम/ माइती नेपाल पशुपतिनगर इलामले पाँच जना महिलाको उद्धार गरेको छ । बेचविखनका लागि भारत लैजाँदै गरेको अवस्थामा महिलाहरुलाई नेपाल भारतको सिमाना छब्बीसे भन्ने ठाउँबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले बताए।
पशुपतिनगर इलामका अनुसार उद्धार गरिएकाहरु सबै गोरखाको उहियाका रहेका छन् । महिलाहरुलाई कुवेत र पाकिस्तान रोजगारीका लागि लैजाने भनेर एकै दिनमा काठमाडौंबाट पासपोर्ट बनाइ ल्याइएको ढकालले जानकारी दिए ।
भारतीय प्रहरी र स्थानीय महिलाको सहयोगमा माइती नेपाल पशुपतिनगर इलामले ती महिलाहरुलाई उद्धार गरेको हो । बेच्न लाने व्यक्ति महिलाहरुलाई छब्बिसेको बाटो भएर आउनु भारतमा नै लिन आउछु भनेकाले विकास भनिने चेतप्रसाद दुलाललाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।